एयरपोर्ट

एयरपोर्टमा आज पनि सुन फेला

झण्डै एक किलो सुनसहित एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।  सहिना प्रभिन नाम गरेकी भारतीय महिलालाई आज दिउँसो २ बजेतिर विमानस्थल प्रहरीले सुनसहित नियन्त्रणमा लिएको बताइएको छ । थाइ एअरवेजको उडानमा दिउँसो बैंकक हुँदै आएकी उनको साथबाट ८५० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार एयरपोर्टको आगमन टनेल गेटमा चेकजाँच गर्दा सलिनाले बोकेको प्लास्टिकमा कालो टेपले बेरिएको अवस्थामा सुन भेटिएको हो । महिलालई नियन्त्रणमा लि…