नेकपा एस

नेकपा एसले सरकार नछाड्ने, बजेट निर्माणलगायतका कार्यमा प्रभावकारी भूमिका खेल्ने

नेकपा एकीकृत समाजवादी (एस)ले सरकार नछाड्ने कुरा पुनः दोहोर्याएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनपछि नेकपा एसले सरकार छोड्नसक्ने चर्चा भैरहँदा हिजो संसदीय दलको बैठक राखेर सरकारमै रहने सो पार्टीले निर्णय गरेको थियो । त्यसको २४ घण्टा नबित्दै आज केन्द्रीय सचिवालयको बैठकले सोही कुरा दोहोर्याको हो ।  मुलुकमा विकसित राजनीतिक घटनाक्रमलाई गहिरो विश्लेषण गर्दै सचिवालय बैठकले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले …