गोकर्ण बचत तथा ऋण सहकारीको आठौं बार्षिक साधारण सभा

गोकर्ण बचत तथा ऋण सहकारीले आफ्रानो सहकारीको आठौं बार्षिक साधारण सभा ओसिस पार्टी प्यालेसमा एक समारोह विच सम्पन्न गरेको छ । उक्त सभाको प्रमुख अतिथिको रुपमा नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए ।

बिशेष अतिथिको रुपमा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,नेफ्स्कुनका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल, कान्ति बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बाल सुन्दर खड्का विभिन्न् सहकारी संस्थाका प्रतिनिधि र र सहकारी संस्थाका पदाधिकारीलगायत संस्थाका सेयर सदस्यहरुको भब्यउपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठले गरेका थिए । कार्यक्रम संचालन कान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपाल बस्नेतले गरेका थिए ।

 
कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष हिमाल काफ्लेले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रश्ट पारेका थिए। उनले आजको प्रतिस्पर्धात्मक युगमा परस्पर एक अर्काको सहयोग र सहभागिता बिना उन्नति सम्रिद्दी तर्फ अग्रसर हुन नसकिने बताउदै उन्नति तर्फ अग्रसर हुन् ,सामाजिक विकास गर्न र सामुहिक उत्थानको लागि सहकारीको माध्यम अति उत्तम प्रमाणित भैसकेको बताए । कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका संयोजक बसन्त थापाले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
संस्थाकी सचिब महेश्वरी अधिकारीले आर्थिक वर्ष ७६र७७ को बार्षिक अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै थप सफलताको शुभकामना ब्यक्त गरेका छन। कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष रोशन बाबु श्रेष्ठले आर्थिक बर्ष २०७५र०७६ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सिमित साधन र स्रोतलाइ उचित उपयोग गर्दै ससथाको बिगतको तुलनामा सो भूभागको सहकारी क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । उनले सदस्यहरुको आवश्यकतालाइ सहजै पुरा गर्नको निम्ति विभिन्न् बचतका प्रकारहरु ल्याएर ऋण लगानी गर्न संस्था सफल भएको बताउदै यसै वर्ष सेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश घोषणा समेत गरेको जानकारी गराएका थिए ।
गोकर्ण नारी सम्मान बचत खाता, गोकर्ण ज्येष्ठ नागरिक बचत ,खुत्रुके बचत खाता, मासिक बचत महिला समूह बचत, जस्ता बचत योजना लागु गरेको त्यसै गरि महिला समूह कर्जा,सामुहिक जमानी कर्जा पनि दिदै आएको बताए शेयर सदस्यहरुको हितलाई ध्यानमा राखेर सहकारीले कार्य गरिरहेको उल्लेख गर्दै सहकारीमा कार्यरत कर्मचारीहरुको क्षमता विकासमा पनि सहकारीले विशेष ध्यान दिएर कार्य गरिरहेको पनि बताए ।

यसै आर्थिक वर्ष देखि दिर्घकालिन निक्षेप योजना संचालन गर्न लागिएको जानकारी गराए उनले संस्थामा कार्यरत कर्मचारीहरुलाई क्रमश स्थायी गर्ने प्रक्रिया अघि बढाइनेर संस्थाको आफ्नै भवन निर्माण गर्नको लागि यसै बर्ष उप समिति गठन गरि जग्गा खरिद गरिने पनि बताए ।

यसै वर्ष शेयर पुजीलाई १८,०००,००० पुर्याइने र निक्षेप योजनामा १५,०००,००० पुर्याई ऋण पनि सोहि अनुपातमा लगानी गरिने बताए विप्रेषण सुबिधालाइ थप प्रभाबकारी बनाइने पनि बताए । सस्थाको गरिमालाई उच्च बनाउन सहकार्य र सदभावका साथ लागि परेकोमा बचतकर्ता, सेयरधनी , ऋणदाताहरु , कर्मचारीहरु र ८औं साधारण सभामा उपस्थित सबैलाई धन्यबाद दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिहरु लगायतलाइ संस्थाको तर्फ बाट मायाको चिनो प्रदान गरिएको थियो ।

टिप्पणीहरू