प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न ।

 

विभिन्न बैंकर्स, उद्योगी,व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आज आफनो बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
 
यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ । कैलाश विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो तोकेको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या १९९ भएको छ । 

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिने बैक प्रतिवद्धता व्यक्त गरेको छ  । 

टिप्पणीहरू