तनहुँमा बाघको छाला, खप्पर, हड्डी जताततै

तनहुँमा बाघको छाला, खप्पर, हड्डी जताततै

तनहुँमा बाघको छाला, खप्पर, हड्डीलगायतका अंग बोकेर हिँड्नेको बिगबिगी देखिन थालको छ । सोही क्रममा हिजो प्रहरीले तीन जनालाई बाघका ती अंगसहित पक्रेको हो ।

तनहुँको व्यास नगरपालिका ५, पतेनीस्थित पक्की पुल नजिकबाट बाख्रेतर्फ जाने कच्ची सडकमा शंकास्पद कार्य गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेकामध्ये एक जनाको साथबाट बाघको छाला दुई थान बरामद गरिएको छ । बाघको छाला बोक्नेले प्रयोग गरेको बा.४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ पनि बरामद भएको छ ।

त्यसैगरी अर्का एक जनाको साथबाट बाघको १ सय २२ वटा हड्डी र उनले प्रयोग गरेको ग.१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ बरामद भएको छ ।

तेस्रो व्यक्तिको साथबाट बा.३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १ थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा व्यास नगरपालिका ६, सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका १, ओखल्दी बस्ने ४० वर्षीय सञ्जित गुरुङ र सोही नगरपालिका १, रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

टिप्पणीहरू