ज्यान मार्ने उद्योगका दुई अभियुक्त पक्राउ

ज्यान मार्ने उद्योगका दुई अभियुक्त पक्राउ

आज बिहानै उदयपुरमा ज्यान मार्ने उद्योगमा सजाय पाएका फरार दुई जनालाई प्रहरीले समातेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गा.पा.७का ईन्द्रबहादुर रिखाम मगरको ४४ वर्षीय छोरा अलपबहादुर र भक्तबहादुर मगरको ३७ वर्षीय छोरा पूर्णबहादुर मगर रहेका छन् । दुवैलाई रौतामाई गा.पा ७ डहरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । मगरद्वयविरुद्ध उदयपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा २०६२ साल असार १५ गते ६ वर्ष कैदको फैसला गरेको थियो । फैसलापश्चात् दुवै फरार थिए । डिएसपी वेदप्रसाद गौतमका अनुसार फैसला कार्यान्वयनको लागि दुवैलाई जिल्ला अदालतमा पठाइएको छ ।

टिप्पणीहरू