सानेपामा ९ किलो बुध्दचित्तको दाना हालेर ट्याक्सीमा टाप

सानेपामा ९ किलो बुध्दचित्तको दाना हालेर ट्याक्सीमा टाप

ललितपुरको सानेपामा ९ किलोग्राम बुध्दचित्तको दाना ट्याक्सीमा हालेर हुईंकिँदै गरेका एक जना युवक पक्राउ परेका छन् । प्रहरीले बुद्धचित्तको दानासहित रोजबहादुर तामाङलाई पक्राउ गरेको हो ।

काभ्रेको तेमाल गाउँपालिका घर भएका २९ वर्षीय रोजबहादुर सानेपास्थित कालोपुलबाट जाँदै गरेको अवस्थामा बा.२ ज ३६०७ नम्बरको ट्याक्सीमा उक्त परिमाणको बुद्धचित्तसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय ललितपुरमा पठाएको छ ।

टिप्पणीहरू