रात पर्नासाथ राँके जुलुस र पुत्ला दहन

रात पर्नासाथ राँके जुलुस र पुत्ला दहन

उदयपुरको दाेस्राे व्यापारिक केन्द्र बेल्टारमा संघीय सरकारको असंबैधानिक कदमविरूध्द दिउँसै राँके जुलुस प्रदर्शनसहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

वर्तमान सरकारले दोश्रो पटक ज्येष्ठ ८ गते राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको निर्णय गरेको थियो ।

सोहीअनुसार राष्ट्रपतिले समेत सोही दिनको निर्णयलाई कार्यान्वयन गर्दै संसद बिघटन गरी चुनावको मिति घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल काङ्रेससहित माओवादी केन्द्रलगायत अन्य दल र नेकपा एमालेकै असन्तुष्ट पक्षसमेत बिरोधमा उत्रेको हो। आज सम्साँझै जुलुस निकालिएको हाे ।

नगरको बेल्टार बजारमा गरिएको राँके जुलुस बिपी चोक र पुष्पलाल चोकको वीचबाट शुरु गरिएको थियो। जुलुस शुरु हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले जुलुसमा हस्तक्षेप गरे पनि आन्दोलनकारीहरुले राँको र पुत्ला बजारको पुष्पलाल चोक पुर्याएर जलाएका थिए।

पुत्लादहनपछि आयोजित कोणसभामा नेविसंघ नगर सभापति बिवश राईले वर्तमान सरकारको अलोकतान्त्रिक कार्य सच्याउन जनताले रगत बलिदान दिनु पर्ने भए दिन तयार रहेको भन्दै संबिधान रक्षार्थ जस्तोसुकै लडाईं लड्न तयार रहेको घोषणा गरेका थिए ।

यसैगरी त्रियुगा नगरपालिकाका विभिन्न दलका नगर समितिले पनि एक विज्ञप्ति जारी गर्दै कडा आन्दोलनमा उत्रिने बताएका छन् जसमा नेकाका सराेज बस्नेत,एमालेका केशव घिमिरे, माओवादी केन्द्रकी गीता खड्का, जसपाका विनाेद चाैधरी, राजमाेका रामबहादुर घिसिङ र नेका सचिव सुमनकुमार चाैधरी रहेका छन् ।

टिप्पणीहरू