रुकुमबाट जाजरकोट जाँदै गरेको ट्याक्टर पल्टियो, दुई जनाको निधन

रुकुमबाट जाजरकोट जाँदै गरेको ट्याक्टर पल्टियो, दुई जनाको निधन

रुकुम ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

आज दिउँसो भएको दुर्घटनामा आठबिसकोट नगरपालिका–१४ पिपलचौरका २२ वर्षीय विकाश खड्का र १८ वर्षीय हरि आचार्यले ज्यान गुमाएका हुन् । 

सोही नगरपालिका–१४, छेपारेस्थित आठबिसकोटबाट जाजरकोटतर्फ जाँदै गरेको ट्याक्टर सडकबाट डेढ सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा अन्य तीन जना पनि घाइते भएका छन् । उनीहरुको हाल चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार अहिलेसम्म ट्याक्टरको नम्बर खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू