समाज विकासको गति बढाउन बोक्सीको घरले प्रेरणा दिने गगनको ठहर

सुन्नुहोस्

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समाज विकासको गति बढाउन राजनीतिकर्मीले भूमिका खेल्नुपर्ने बताएका छन्।

सामाजिक कथाबस्तुमा आधारित नेपाली चलचित्र 'बोक्सीको घर' हेरेपछि आज उनले उक्त प्रतिक्रिया दिएका हुन् । पूर्वमन्त्रीसमेत रहेका थापाले राजनीतिक कार्यकर्ताले समाज यसै अघि बढिहाल्छ भनेर ढुक्क हुन नहुनेमा जोड पनि दिए । 

‘हामीले सन्तोष मान्नु हुँदैन । किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन', उनले भने, '१० वर्षमा हुन्छ भनेर छोड्यौँ भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो । यसको गति बढाउने काम हाम्रो हो ।' 

नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको थापाको भनाई छ । 'बोक्सीको घर'ले समाज विकासका लागि आफूजस्ता राजनीतिकर्मीलाई उत्प्रेरित गरेको उनले बताए । 

'यसमा केकी अधिकारीको चलचित्रले ठूलो भुमिका खेल्छ । यति धेरै महिलाहरुले सेक्सुहल ह्यारिसमेण्ट आफ्नो जीवनमा व्यहोर्नुपरेको छ । आफ्ना नातागोताहरुबाट । यसलाई बाहिर बताउन सकेका छैनौँ । नेपाली समाज धेरै बदलिएको छैन, बदल्नुपर्नेछ । यो फिल्मले आधार दिएको छ’, थापाले भने ।

टिप्पणीहरू