आमाको मुख हेर्ने दिन, मातातीर्थमा भीड

सुन्नुहोस्

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्वको रुपमा हिन्दुधर्मावलम्बीहरुले मनाउँदै छन् । 

वैशाख कृष्ण औँसीका दिन मनाइने आजको पर्वमा छोराछोरीले आमालाई वस्त्र र मीठा खानेकुरा दिने चलन छ । आमा नभएकाहरुले आमाको नाममा दान र श्राद्ध गर्ने गर्छन् । हिन्दु शास्त्रमा माता पितालाई जीवित छँदा सम्मानपूर्वक पालनपोषण गर्ने र मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने उल्लेख छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आज बिहानैदेखि मेला लागेको छ । विशेषगरी आमा नहुनेहरुले त्यहाँको कुण्डमा स्नान गरेर पूजापाठ गर्छन् । त्यहाँ हिजो साँझ दीप प्रज्वलन गर्नेको पनि बाक्लो उपस्थिति थियो ।

टिप्पणीहरू