इलामका प्रहरी प्रमुख हेडक्वार्टर तानिए
इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडा नक्सालस्थित हेडक्वार्टर तानिएका छन् । उनीविरुद्ध उजुरी परेपछि खतिवडालाई हिजो काठमाडौं झिकाइएको बताइएको छ ।
प्रहरी मुख्यालयका एक जना वरिष्ठ प्रहरी अधिकारी भन्छन्, ‘यता तानिएको छ । न्यायिक छानबिनपछि उनको सरुवा भएको हो । भित्री कुरो आईजीपीलाई मात्रै थाहा हुन्छ ।’
गतसाता सम्पन्न उपनिर्वाचनलगत्तै भएको जिल्ला प्रहरी प्रमुखको सरुवालाई प्रहरी संगठनभित्रै अर्थपूर्ण ठानिएको छ । उपनिर्वाचनको निम्ति हेडक्वार्टरले एआईजीलाई खटाएको थियाे । कतिपयले खतिवडाको आकस्मिक सरुवालाई ‘चारित्रिक’ विषयसँग जोडेको पाइएको छ ।
टिप्पणीहरू