सम्पत्ति विवरण सार्वजनिक गरिदिन गृहमन्त्रीलगायतको आग्रह

सम्पत्ति विवरण सार्वजनिक गरिदिन गृहमन्त्रीलगायतको आग्रह
सुन्नुहोस्

सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेका छन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन छुट्टाछुट्टै पत्र लेखेका हुन् ।

मन्त्रीमा नियुक्त भएपछि प्रचलित कानूनबमोजिम तोकिएको समयमा बुझाइएको सम्पत्ति विवरण सार्वजनिक गरिदिन मन्त्रीहरुको आग्रह छ ।

टिप्पणीहरू