दक्षिण सुडानमा तैनाथ नेपाली फौजको डफ्फा हेरफेर

दक्षिण सुडानमा तैनाथ नेपाली फौजको डफ्फा हेरफेर
सुन्नुहोस्

शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली फौज अदलाबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा ‘फम्ड पुलिस युनिट (एफपीयु)’ मा खटाइएको टोलीलाई फर्काएर अर्को डफ्फा पठाइएको हो । 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कारञ्जितको कमाण्डमा ११ औं डफ्फाका १८० जना मिसन ईलाकातर्फ प्रस्थान गरेका छन् । ईथोपियन एअरलाइन्सको उडान नम्बर ईटी८८०४ मार्फत आज बिहान ३ बजे टोली त्यता गएको हो । 

त्यस्तै, मिसनमा खटिएको एउटा टोली स्वदेश फर्किएको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) योगराज दाहालको कमाण्डमा मिसनमा तैनाथ १० औं डफ्फाका १६२ जना स्वदेश फर्किएका हुन् । 

ईथोपियन एअरलाइन्सको उडान नम्बर ईटी८८०४ मार्फत गएराति ११ बजेर ४७ मीनेटमा टोली काठमाडौं उत्रिएको बताइएको छ ।
 

टिप्पणीहरू