भन्सार विभाग अगाडि नाराजुलुस गर्ने प्रभुका कार्यकर्ता पक्राउ

भन्सार विभाग अगाडि नाराजुलुस गर्ने प्रभुका कार्यकर्ता पक्राउ

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का नेता–कार्यकर्ता पक्राउ परेका छन् । आज अपराह्न त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गर्न पुगेका सो पार्टीका उपमहासचिव मनोजकुमार यादवसहित दर्जनौँ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरुमा सो पार्टीद्वारा गठित भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रञ्जुकुमारी साह, स्क्रयाप हकहित फाउण्डेशनका अध्यक्ष सञ्जय साहलगायत छन् । 

भन्सार कानुनमा रहेको ४५ प्रतिशत ‘कथित पुरस्कारको लुटकारी’ प्रावधान हटाउनुपर्ने माग राख्दै आजपा लामो समयदेखि आन्दोलनमा छ । सोहीक्रममा सो पार्टीको भातृ संगठन आम सम्पर्क मञ्चले चौंथो चरणको आन्दोलनअन्तर्गत आज भन्सार विभाग घेराऊ गरेको थियो । 

त्यसैक्रममा आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले माग सम्बोधनमा बेवास्ता गरेको आरोप लगाउँदै मञ्चले भने आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । 

मञ्चले ‘भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने’,‘कर कानुन,राजश्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने’,‘घरायसी प्रयोजनको लागि ल्याइने उपभोगको वस्तुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने’, लगायतका माग राख्दै आएको छ ।

टिप्पणीहरू