काठमाडौँका स्थानीयलाई लोक सेवाको तयारी कक्षा सित्तैमा

काठमाडौँका स्थानीयलाई लोक सेवाको तयारी कक्षा सित्तैमा

काठमाडौं महानगरपालिकाले लोक सेवाका तयारी कक्षा नि:शुल्क सञ्चालन गर्ने भएको छ । 

स्थानीय बासिन्दालाई लक्षित गरि संचालन गर्न लागिएको नि:शुल्क कक्षामा सहभागी हुन चाहानेका लागि महानगरले आवेदनसमेत आह्वान गरेको छ । आगामी शुक्रबारसम्म आवश्यक कागजातसहित महानगरको सामाजिक विकास विभागमा आवेदन पेश गर्न भनिएको छ । 

आवेदनका साथ नागरिकताको फोटोकपी, स्थायी बसोबासको प्रमाण खुल्ने कागजपत्रसहित खरिदार र नासुका लागि प्रमाणपत्र तहको तथा अधिकृतस्तरको तयारी कक्षाका लागि स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउनुपर्ने जनाइएको छ ।
 

टिप्पणीहरू