मध्यराति ट्रिपर दुर्घटना, दुईको मृत्यु

मध्यराति ट्रिपर दुर्घटना, दुईको मृत्यु
सुन्नुहोस्

डडेल्धुरामा ट्रिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्रिपर गएराति नवदुर्गा गाउँपालिका–४, सिरुडामा दुर्घटना हुँदा चालक धादिङका ३९ वर्षीय धिरज थापामगर र २७ वर्षीय विष्णु विकको निधन भएको हो । 

दुर्घटनामा नवदुर्गा गाउँपालिका–४, बस्ने २८ वर्षीय हिक्मत विक र धादिङका ३१ वर्षीय सुदीप विक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 

उनका अनुसार बेलापुरबाट सिरुडा रामजाने कन्स्ट्रक्सनको क्याम्पतर्फ जाँदै गर्दा ट्रिपर सिरुडास्थित भित्री सडकमा दुर्घटनामा परेको हो । रातको समय अनि सडकको अवस्था पनि ठिक नभएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिप्रकाका सूचना अधिकारी नायकले बताए ।
 

टिप्पणीहरू