राष्ट्रसंघीय सहायक महासचिव र इण्डोनेसियाली प्रहरी प्रमुख काठमाडौंमा

राष्ट्रसंघीय सहायक महासचिव र इण्डोनेसियाली प्रहरी प्रमुख काठमाडौंमा

संयुक्त राष्ट्र संघका सहायक महासचिव मार्कोस नेटो काठमाडौं आएका छन् । नेटो कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा मध्यराती साढे १२ बजे दोहा हुँदै आएका हुन् ।

त्यस्तै इण्डोनेसिया प्रहरीका उच्च अधिकारी पनि हिजै नेपाल भ्रमणमा आएका छन् । इण्डोनेसियाको राष्ट्रिय प्रहरी प्रमुख तथा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख कृष्णन मूर्ति राति साढे १० बजे सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा सिंगापुर हुँदै आएका हुन् ।

टिप्पणीहरू