सरकारी कार्यालयमा हाकिम हुन अनिच्छुुक, पटक पटक खोजी
राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि पुनः दरखास्त आह्वान गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज फेरि विज्ञापन प्रकाशित गर्दै प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी १५ दिनभित्र मन्त्रालयको सीप विकास तथा तालिम शाखामा तोकिएको ढाँचामा आवेदन दिन भनिएको छ ।
त्यस्तै, गत पुस २७ गतेको सूचनाबमोजिम दरखास्त दिएका उम्मेदवारहरुको आवेदन कायम राखिएको पनि जनाइएको छ ।
टिप्पणीहरू