गोविन्द केसी आज पनि त्यहि गल्लीमा

गोविन्द केसी आज पनि त्यहि गल्लीमा
सुन्नुहोस्

चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिने डा. गोविन्द केसी आज पनि माइतीघरको गल्लीमा उभिएका छन् । पछिल्लो तीन महिनादेखि माइतीघर मण्डलाको निषेधाज्ञा खोल्न माग गर्दै धर्ना दिइरहेका उनले आज पनि त्यहाँ पुगेर उक्त कार्यलाई निरन्तरता दिएका हुन् । 

मण्डलाबाट सेन्ट जेभियर्स स्कुल छिर्ने गल्लीमा धर्ना दिएकामा डा. केसी, विवेकशील साझा पार्टीका विजयबाबु शिवाकोटी र लक्ष्मण श्रेष्ठ छन् । उनीहरुले ‘स्वस्थ रहेर जीउन पाउने अधिकार ठूला भ्रष्ट नेताहरूलाई मात्र होइन सबै नेपालीलाई छ’, ‘कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरुलाई तुरुन्त कारबाही गर’, ‘सबै नेपालीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर’, ‘सशस्त्र द्वन्द्वकाल चोरलाई चौतारी साधुलाई सूली कति दिन ?’, ‘हामीसँग सम्झौता भएअनुसार गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालन गर’ लेखिएका प्लेकार्ड बोकेका छन् । 

सरकारले माइतीघर क्षेत्रमा लगाएको निषेधाज्ञा खुला गरेपनि अन्य माग पूरा नभएको भन्दै केसी र उनको समूहले सडक छाडेको छैन । मेडिकल शिक्षा सुधारका अभियन्ता भनिए पनि पछिल्लो समय राजनीतिक मुद्दा लिएर सडकमा ओर्लिएका केसीले पटक–पटक अनशन बसेर रेकर्ड नै बनाएका छन् ।

टिप्पणीहरू