कतारका अमिर दिवाभोजपछि स्वदेश प्रस्थान

कतारका अमिर दिवाभोजपछि स्वदेश प्रस्थान
सुन्नुहोस्

नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेपछि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्कनुभएको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणमा हिजो दिउँसो नेपाल आउनुभएका उहाँ आज अपराह्न स्वदेशका लागि प्रस्थान गर्नुभएको छ । उहाँको बिदाइका लागि राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत केही मन्त्रीहरु पनि कतारी अमिरको बिदाईमा विमानस्थल पुग्नुभएको थियो ।

भ्रमणका क्रममा राजा थानीसँग हिजो राष्ट्रपति पौडेल र आज प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । आज बिहान दुवै देशका प्रतिनिधिमण्डलबीच भएको द्विपक्षीय वार्तापछि आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षारसमेत भएको छ ।

यसलगत्तै उहाँ प्रधानमन्त्रीले आयोजना गरेको दिवभोजमा सरिक हुन होटल द्वारिकाज पुग्नुभयो । भोजपछि विमानस्थल पुग्नुभएका अमिर स्वदेश प्रस्थान गर्नुभएको हो ।

टिप्पणीहरू