महाभूकम्पको समयमा श्रद्धाञ्जली, बारपाकमा सार्वजनिक बिदा

महाभूकम्पको समयमा श्रद्धाञ्जली, बारपाकमा सार्वजनिक बिदा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाले २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको महाभूकम्पको सम्झनामा बिदा दिइएको जनाएको छ । भूकम्पमा ज्यान गुमाएकाको सम्मान र सम्झनामा वडा नम्बर १, स्थित हिमालय माविको खेल मैदानमा श्रद्धाञ्जली कार्यक्रमसमेत राखिएको छ ।

‘२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको महाभूकम्पमा दिवगंत हुनुहुने नागरिकहरुको सम्मान तथा सम्झनामा मिति २०८१÷०१÷१२ गते बुधबार यस गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ । वडा नम्बर १ को हिमालय माविको खेलमैदानमा गाउँपालिकाको तर्फबाट बिहान पौने १२ बजेको समयमा आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा सहभागिताको लागि सबैमा अनुरोध गरिउको छ ।

नौ वर्षअघि ०७२ वैशाख १२ गते शनिबारका दिन ११ बजे ५६ मीनेटको समयमा बारपाक केन्द्रबिन्दु बनाएर ७ दशमलब ६ रेक्टरको विनाशकारी भूकम्प गएको थियो । गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाठौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । भूकम्पमा ३२ जिल्ला प्रभावित भएकामा आठ हजार पाँच सय ५६ जनाको मृत्यु भएको थियो । २२ हजारभन्दा बढी घाइते भएको सरकारी तथ्याङ्क छ ।

टिप्पणीहरू