गुप्तचर प्रमुखलाई पत्नीसहित चीनको निम्तो

गुप्तचर प्रमुखलाई पत्नीसहित चीनको निम्तो

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बैशाख १२ गते चीन जान लागेका छन् । उनी चिनियाँ गुप्तचर कार्यालयको निम्तोमा आगामी बुधबार चार दिनका लागि चीन जान लागेको बुझिएको छ । 

भ्रमण दलमा थापाकी पत्नीसहित एआइजी (सह अनुसन्धान निर्देशक) ओम जोशी र एसपी वासु सिग्देल पनि रहने छन् ।

थापाले यसअघि अमेरिका,भारत र दक्षिण कोरियाको भ्रमण गरिसकेका छन् ।

टिप्पणीहरू