गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । सभामुख कृष्णप्रसाद धितालले अधिवेशन शुरु भएको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो । 

अर्को सूचना जारी नभएकासम्मका लागि बैठक स्थगित भएको प्रदेश सभाका सूचना अधिकारी प्रेम सुवेदीले बताए । ‘सभामुखले अधिवेशन पत्र पढेर सुनाउनुभयो । त्यसपछि अर्को सूचना जारी नभएसम्ममका लागि बैठक स्थगित गरियो’, उनले भने । 

बैठकमा नेपाली काँग्रेसका सांसद उपस्थित थिएनन् । सर्वोच्च अदालतले दीर्घकालीन निर्णय नगर्नु भन्ने आदेश दिएको अवस्थामा सरकारको सिफारिसमा प्रदेश सभाले अधिवेशन बोलाएको भन्दै काँग्रेसका सांसदले बैठक बहिष्कार गरेका हुन् । 

बैठक बहिष्कारबारे काँग्रेसले आज दिँउसो सभामुख धिताललाई औपचारिक जानकारी गराएको थियो । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।
 

टिप्पणीहरू