कमरेडको प्रेमकथा बुझ्न 'खुस्मा' को टोली रुकुममा

कमरेडको प्रेमकथा बुझ्न 'खुस्मा' को टोली रुकुममा
सुन्नुहोस्

अभिनेता धिरज मगर र अभिनेत्री उपासना ठकुरी पूर्वी रुकुम पुगेका छन् । उनीहरु चलचित्र 'खुस्मा'को शुटिङका लागि त्यहाँ पुगेका हुन् । 

१० वर्षे जनयुद्धको समयमा प्रचलित प्रेम कथामा बन्न लागेको यो चलचित्र गत माघमा औपचारिक घोषणा गरिएकोे थियो । सोही बमोजिम चलचित्रको निर्माण टिमले जनयुद्धको आधार क्षेत्र मैकोत गाउँमा शुटिङ गर्न लागेको हो । 

एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा धिरज र उपासनाले पहिलो पटक स्क्रिन शेयर गर्दैछन् । जहाँ उनीहरुको रोमान्स र जनयुद्धका कथा हेर्न सकिनेछ । 

बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता रहेको चलचित्रलाई दिपक बज्राचार्यले खिच्नेछन् । एसडी योगीको संगीत रहने फिल्ममा सुरेन्द्र राना तथा राम अविरल विष्टको गीत रहनेछ ।
 

टिप्पणीहरू