जन्ती बोकेको बस दुर्घटनामा तीन जनाको मृत्यु

जन्ती बोकेको बस दुर्घटनामा तीन जनाको मृत्यु
सुन्नुहोस्

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । त्रिपुरा सुन्दरी गाउँपालिका ५ मा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । 

दोलखाको सुस्तबाट सिन्धुपाल्चोकको मुलाबारीमा जन्ती लिएर जाँदै गरेको बा.४ख ५६१६ नम्बरको बस बिहान दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परेको बस भिरमा अड्किएको छ ।

घाइतेहरुको खाँडीचौरस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू