उत्पादन बढाउन डिजिटल माटो परीक्षण

उत्पादन बढाउन डिजिटल माटो परीक्षण

सिरहाको छिन्नमस्ता गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्न डिजिटल माटो परीक्षण कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । 

पालिकाले आफ्नो क्षेत्रभित्र डिजिटल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्साङ्कन) कार्यक्रम सञ्चालन गर्न लागेको हो । राजविराजस्थित माटो प्रयोगशालासँगको सहकार्यमा सातवटै वडामा कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष विद्यानन्द चौधरीले बताए । 

उनका अनुसार पहिलो चरणमा समग्र कृषियोग्य जमिनको नक्साङ्कन गरिनेछ । त्यसपछि माटोको अवस्था हेरेर आवश्यक योजना तर्जुमा गर्ने पालिकाको तयारी छ ।  

‘म्यापिङ्ग गरेपछि जग्गाहरुको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिमलगायतको विषयवस्तुको विवरण पाउँछौं । कुन जग्गाको अवस्था के छ ? कुन जग्गामा मल खाद्यको लागि के योजना बनाउनुपर्छ त्यसपछि थाहा हुन्छ’, अध्यक्ष चौधरीले भने । 

यो कार्यक्रमले सन्तुलित मलखाद्यको प्रयोगमा जोड दिई कृषि उत्पादन बढाउन सहयोग पुग्ने पालिकाको विश्वास छ ।
 

टिप्पणीहरू