पाथिभरा पुगेका सुरक्षा प्रमुखहरु कुम्भामेला हुँदै काठमाडौँ

पाथिभरा पुगेका सुरक्षा प्रमुखहरु कुम्भामेला हुँदै काठमाडौँ
सुन्नुहोस्

रक्षा र गृह मन्त्रालयका उच्च अधिकारीसँगै तीनवटै प्रहरी संगठनका प्रमुखसहितको उच्चस्तरीय टोली पूर्वी क्षेत्रका विभिन्न  स्थानको भ्रमण सकेर काठमाडौँ फर्किएको छ । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमा त्यता गएको टोली साँझ काठमाडौँ आइपुगेको हो । 

टोलीमा रक्षासचिव किरणराज शर्मा, गृहसचिव एकनारायण अर्याल,गृह सहसचिव नारायणप्रसाद भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायत छन् ।  

बिहान ८ बजे काठमाडौँबाट निस्किएका उनीहरु संखुवासभा र चीनको सीमानामा रहेको किमाथाङ्का एवम् ताप्लेजुङको ओलाङचुङगोला नाकाको अवलोकन गरि पाथीभरा दर्शन गर्न पुगेका थिए । त्यहाँबाट इलाम हुँदै सुनसरीको चताराधामस्थित कुम्भमेला अवलाेकन गरेर साँझ पौने ६ बजे टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ ।

टिप्पणीहरू