भारत पढ्न जानेलाई ग्लोबलको सहज शैक्षिक कर्जा

भारत पढ्न जानेलाई ग्लोबलको सहज शैक्षिक कर्जा
सुन्नुहोस्

उच्च शिक्षा अध्ययनका लागि छिमेकी मुलुक भारत जाने नेपाली विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले सहज शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । 'हब इन्टरनेशनल एजुकेशन प्रालि'सँगको सहकार्यमा बैंकले यस्तो कार्यक्रम ल्याएको हो । 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र एजुकेशन प्रालिका संस्थापक उद्धवबहादुर खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेसँगै 'शैक्षिक कर्जा' कार्यक्रम कार्यान्वयनमा आएको जानकारी गराइएको छ ।

समझदारीअनुसार हवले सिफारिस गरेका विद्यार्थीलाई भारतका विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न बैंकले सहज रुपमा कर्जा प्रवाह गर्नेछ । यसका लागि सिफारिस भएका विद्यार्थीले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिनुपर्ने छ । 

ग्लोबल आइएमई बैंक मुलुकभर शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशभर ३५४ शाखा कार्यालय रहेको यस बैंकका ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र छन् ।

टिप्पणीहरू