सुरक्षा प्रमुखहरु उत्तरी सिमानातिर,पाथीभरा पनि पस्ने योजना

सुरक्षा प्रमुखहरु उत्तरी सिमानातिर,पाथीभरा पनि पस्ने योजना
सुन्नुहोस्

रक्षा र गृह मन्त्रालयका सचिवसँगै प्रहरी र सशस्त्रका महानिरीक्षकहरु नेपाली सेनाको हेलिकोप्टरमा संखुवासभा र ताप्लेजुङ तिर लागेका छन् । 

सेनाको कल साइन एनए ०५४ एएलएच हेलिकोप्टरमा रक्षासचिव किरणराज शर्मा, गृहसचिव एकनारायण अर्याल,गृह सहसचिव नारायणप्रसाद भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल चढेका छन् । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा,सेनाका उपरथी प्रेमध्वज अधिकारी, प्रमुख सेनानी मणिराम थापासहितको नौ सदस्यीय टोली बिहान ८ बजे काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको तर वीचैमा मौसमको खराबीले उडानलाई  असर परिरहेको  बुझिएको छ ।

टोलीले संखुवासभा र चीनको तिब्बती सीमानामा रहेको किमाथाङ्का एवम् ताप्लेजुङको ओलाङचुङगोला नाकासँगै ती स्थानमा रहेका सशस्त्र प्रहरी बलको बिओपी निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि पाथीभरा मन्दिरको दर्शन गएर टोली आजै अपरान्ह राजधानी फर्कने बुझिएको छ । 

उडानको क्रममा हेलिकोप्टर तुम्लिङटार विमानस्थलमा रिफ्युलिङको निम्ति केहीबेर रोकिएको समेत थाहा लागेको छ ।

टिप्पणीहरू