बिहेपछि एलिनाले सुनाइन् लभस्टोरी- 'कहिल्यै आइ लभ यू भनेनौँ'

बिहेपछि एलिनाले सुनाइन् लभस्टोरी- 'कहिल्यै आइ लभ यू भनेनौँ'
सुन्नुहोस्

गायिका एलिना चौहानले बिबाह गरेकी छन् । आज बाग्लुङ निवासी प्रेमी विष्णु सापकोटासँग उनले लगनगाँठो कसेकी हुन् । 

झापास्थित विर्ता पार्टी प्यालेसमा आयोजित बैबाहिक समारोहमा दुबैतर्फका परिवारका सदस्य, आफन्त र साथीभाईको उपस्थितिमा बेहुला बेहुलीले औँठी साटासाट गरे । 

एलिना हिजोमात्रै बिबाहका लागि साइप्रसबाट फर्किएकी थिइन् । विष्णु भने दुलाहको पहिरनमा हिजोराती नै एलिनाको घर पुगेका थिए । रातभर नाचगानका कार्यक्रम गरिएको थियो । 

विष्णु लामो समयदेखि अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । अब बिहेपछि तपाई पनि अष्ट्रेलिया नै जाने हो ? भन्ने प्रश्नमा एलिनाले कुनै निश्चित नभएको बताइन् । 

उनले बिहेपछिको योजनाबारे भनिन्, 'भर्खर बिहे भएको छ । उता बस्ने, यता बस्नेबारे केही सोचेकै छैनौ । विहेपछि पनि मेरो गीतसंगीत यात्रा त्यसरी नै चल्छ, जसरी अहिलेसम्म चलिरहेको छ । पछि विस्तारै सल्लाह गरेर मिलाएर यता उता चाहिं गर्न सकिन्छ ।' 

एलिनाले विष्णुसँग प्रेम सम्बन्ध गासिंदा आफूले थाहै नभएको पनि बताईन् । दुबैले औपचारिक प्रेम प्रस्ताव नराखेको र सम्बन्ध आफैँ शुरु भएको उनको भनाई छ । 

'हामी दुई वर्ष भयो होला लगभग । माया पिरती भन्ने कुरा थाहा नपाई हुँदो रहेछ , यही कारण माया बस्यो भन्ने नै छैन', एलिनाले लभस्टोरी सुनाउँदै थपिन्, 'त्यस्तो आइ लभ यू कहिल्यै भनेनौं । आज बिहे भयो ।' 

उनले विष्णुको शब्दमा तीन/चार वटा गीतमा स्वर दिइसकेको पनि बताइन् ।

टिप्पणीहरू