अरूले गर्व मान्ने, हामीले पत्रु ठान्ने

अरूले गर्व मान्ने, हामीले पत्रु ठान्ने

– निनाम लोवात्ती

अमेरिकाबाट प्रकाशन हुने ‘द न्युयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नै पर्ने देशमा नेपाल र त्यसको पनि माथिल्लो मुस्ताङ क्षेत्रलाई राखेको छ  । ०७९/०८० मा ७१ हजार ७०७ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्  । ०७८÷०७९ मा चाहिँ ३८ हजार ८९६ विदेशीले मात्रै यहाँ पाइला टेकेको तथ्यांक छ  । समाचारअनुसार यो भनेको ४५ दशमलव ७५ प्रतिशतले बढी हो  ।

सन् २०२३ मा पनि अमेरिकाबाटै प्रसारण हुने टेलीभिजन संस्था सिएनएनले विश्वका उत्कृष्ट २३ स्थानमा हाम्रो देश नेपालको माथिल्लो मुस्ताङ क्षेत्रलाई पारेको थियो  ।

विश्वको पहिलो गन्तव्यस्थलमा परेको स्थानचाहिँ अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा पर्ने ‘निगालु पेनिन्सुला’ हो  । दोस्रो गन्तव्यस्थलमा पूर्वी युरोपमा पर्ने पोल्याण्डको राजधानी वार्सास्थित ‘बुटिक होटेल’लाई तोकिएको छ  । जुन होटलको नाम ‘होटल भर्टे’ छ  । स्मरणीय छ, सो होटलको ढोका ‘गिल्डेड’ अर्थात् सुनको छ भने गत अगष्ट (सन् २०२२) मा खोलिएको हो  । जुन ‘अटोग्राफ प्रपर्टी’को रूपमा पनि चिनिन्छ  ।

२०२३ मा घुम्नै पर्ने तेस्रो गन्तव्यस्थल इङ्ल्याण्डको लिभरपुल थियो  । चौथो गन्तव्यस्थलमा अमेरिकी साउथ क्यारोलाइना राज्यको सार्लेटान–चार्लेटोन शहर परेको थियो भने सन् पाँचौँ गन्तव्यस्थल लिथुआनियाको राजधानी भिलनिअस–बिनियुस ठानिएको छ  । छैटौं गन्तव्यस्थल सयौं साना–ठूला समुद्री टापु रहेको सानो देश फिजी हो  ।

सातौं गन्तव्यस्थल ब्राजिलको अमेजन क्षेत्रमा पर्ने मानाउस हो  । आठौं गन्तव्यस्थलमा ग्रिसको दोस्रो ठूलो शहर थेसालोनिकी–देसालोनिकी परेको छ  । नवौं गन्तव्यस्थल चाहिँ रुवान्डाको एक होटल ‘सेक्सानसियो रुवाण्डा’ परेको छ  । जुन अफ्रिका महादेशकै ठूलो ताल ‘किभ–‘किवु’ मा अवस्थित छ भने १० औं गन्तव्यस्थलमा स्वीडेनको दोस्रो ठूलो शहर ‘गोथेन बर्ग’ लाई तोकिएको छ  । ११ औं गन्तव्यस्थलमा युनाइटेड अरब इमिरेट्स (युएई) को ‘रस अल–कैमाह’ हो  ।

१२ औं गन्तव्यस्थल एसिया महादेशको लाओस हो  । १३ औं गन्तव्यस्थलमा स्विटजरल्याण्डको ‘ग्रुयेँरेस–गु्रइएरेस’ लाई राखिएको छ  । विश्वको उत्कृष्ट चिज उत्पादन हुने क्षेत्र पनि हो भने  । १४ औं गन्तव्यस्थमा अमेरिकाकै मिनोसेटा राज्यको मिनियोपोलिसस्थित एक ‘आदिवासी रेष्टुरेण्ट’ परेको छ  । १५ औं गन्तव्यस्थलचाहिँ दक्षिण अमेरिकी देश कोलम्बियाको राजधानी बोगोटा हो  । १६ औं गन्तव्यस्थल हाम्रै देश नेपालको ‘मुस्ताङ’ हो  । १७ औं गन्तव्यस्थमा ताञ्जानिया र १८औं गन्तव्यस्थल इजिप्टको राजधानी कायरो तोकिएको छ  । १९औं गन्तव्यस्थलमा जापानको ‘नओसिमा शहर’ र २० औं मा बेलिज परेको छ  । २१ औं गन्तव्यस्थलमा उत्तर अमेरिकी महादेशको मेक्सिको ‘ओक्साका शहर’ परेको थियो भने २२ औं गन्तव्यस्थलमा चाहिँ क्यानाडाको ओटावा शहरलाई पारिएको छ  । २३ औं स्थानमा अफ्रिकाको युगाण्डा आउँछ  ।

मुस्ताङ जिल्लाको माथिल्लो भेग किन घरीघरी घुम्नै पर्ने गन्तव्यस्थलमा परिरहन्छ ? माथिल्लो मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतमा पाइने मानिसहरूको जीवनशैली, रहनसहन, कृषि कर्म गर्ने तरिका, पशुपालन शैली, तिब्बती मानिस र माथिल्लो मुस्ताङका बासिन्दाहरूको वेशभूषा, भाषा, धर्म, चाडपर्व, भूगोल, संस्कार, संस्कृति, रहनसहन, दोहोरो विवाहवारी, आदि मिल्नु वा भनौं मिल्दोजुल्दो हुनु पनि अनेकौं कारणमध्ये एक हुन सक्छ  । त्यस्तै गरी चीन सरकारले तिब्बत भ्रमण गर्नका लागि अनुमति दिने क्रममा विदेशी पर्यटकहरूलाई अलि बढी नै सलामी दस्तुर तोक्ने, लिने गरेको छ  । अझ कोरोना महामारीकालमा त चीन सरकारले आफ्नो स्वशासित क्षेत्र तिब्बत भ्रमण गर्नका लागि विदेशी पर्यटकलाई अनुमतिपत्र नै जारी गरेन  ।

खासमा कागबेनी, मुक्तिनाथ, चराङ, समर, घमी, छुसाङ, छोसेर आदि जस्ता प्राचीन, पुरातात्विक र ऐतिहासिक मानववस्ती माथिल्लो मुस्ताङ रहनु पनि विदेशीको आकर्षण केन्द्र बन्नुको कारण हो  । मानव विकासक्रमबारे खोज, अनुसन्धान र अध्ययन गर्न चाहनेका निम्ति माथिल्लो मुस्ताङको माथिल्लो भेगका बस्ती आकर्षणका केन्द्र नै हुन्  । मुस्ताङका अनेकौं नाम छन्  । जस्तै ‘ल्हो मन्थाङ, लो मन्थाङ, फोरबिडन किङ्डम, लष्ट किङडम, हिडेन किङ्डम, मडसिटी, लस्ट किङ्डम, अप्पर मुस्ताङ,’ आदि  । मुस्ताङको माथिल्लो भेग विदेशी पर्यटकका लागि खुल्ला गरिएपछि पहिलो वर्ष (सन् १९९२ मा) ४ सय ८३ जनाले भ्रमण गरेका थिए  । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक अर्थात् सन् १९९९ मा १,०६६ जना पुग्यो  ।
 

टिप्पणीहरू