पूर्वराजाको विरुद्धमा उभिएका कट्टर हिन्दुवादी

पूर्वराजाको विरुद्धमा उभिएका कट्टर हिन्दुवादी

‘यिनी कति चाँडै स्खलित भए’, भनी नेपाली काँग्रेस सर्लाहीका एकजना वृद्ध नेताले स्वःघोषित युवा नेता विकास ठाकुरबारे जनआस्थाकर्मीसँग राजधानीको बानेश्वरमा भएको भेटमा जिज्ञासा राखे । 

जिल्लास्तरीय ती नेताका अनुसार ‘ग्रासरुट’ मा खट्ने, जनताको दुःख बुझ्ने स्थानीय नेता–कार्यकर्तालाई पाखा पार्न केन्द्रमा नेतृत्वको दौराको फेरो समात्ने र जिल्लामा समेत जबर्जस्ती बर्चस्व राख्न खोज्नेलाई विवादास्पद मान्ने गरिएको छ । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समूहको सम्पर्क सूत्रका रुपमा समेत हिन्दुवादीहरुले उनको नाम लिने गरेको पाइन्छ । 

काठमाडौंमा नेपाली काँग्रेसकी नेतृ डा. आरजू देउवादेखि गगन थापासम्म घनिष्ठ सम्बन्ध राख्नु उनको दिनचर्या बनेको बताइन्छ । यसै सिलसिलामा उनले प्रतिनिधिसभाको गत निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा गगन थापालाई उम्मेदवार बनाउनुपर्ने भनेर ठूलै हल्ला गरे । स्वतन्त्र सांसद अमरेशकुमार सिंहको खेदो खन्न माहिर उनी गगनलाई मधेश झार्न सफल भएनन् । त्यसपछि बूढानीलकण्ठ पुगे  ।

मधेसमा सनातन हिन्दु धर्मको प्रचारप्रसार गर्ने र भारतीय हिन्दुवादी नेताको समेत पाउ पर्ने उनीमाथि लैनचौरतिर चुक्ली लगाउँदै हिँडेको आरोप छ । आरजूसमक्ष अमरेशको नकारात्मक टिप्पणी गर्ने उनको फर्मुला रहेको काँग्रेसीजनको बुझाई छ ।

उनी काठमाडौंबाट तारन्तार लखनउ गइरहन्छन् । त्यसो गर्दा त्यहाँका साधुसन्त र अतिहिन्दुवादी नेताहरुसँग सम्बन्ध बढ्नु स्वाभाविक हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समूहको सम्पर्क सूत्रका रुपमा समेत हिन्दुवादीहरुले उनको नाम लिने गरेको पाइन्छ । 

एकातिर हिन्दुवादीको रुपमा काम गर्ने विकास ठाकुरले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको भने कट्टर विरोधीको रुपमा उभ्याएका छन् ।

टिप्पणीहरू