कतार जान लागेका बलात्कारी प्रहरी हिरासतमा

कतार जान लागेका बलात्कारी प्रहरी हिरासतमा

काठमाडौंबाट दोहा उड्न ठिक्क परेका एक जना बलात्कारीलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो नेपाल वायुसेवाको उडान नम्बर आरए २३९ मा दोहा प्रस्थान गर्न लागेको बेलामा सेख सदिक प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

पीए ११५३१८७ नम्बरको राहदानी बोकेका सदिक सर्लाही प्रहरीको सूचीमा फरार बलात्कारी हुन् । सर्लाही प्रहरीले अध्यागमनलाई पहिले नै जानकारी गराएकाले उनी अध्यागमनको कालोसूचीमा थिए ।

अध्यागमन कार्यालयले विमानस्थल प्रहरीलाई सक्कल राहदानीसहित बुझाएपछि सदिकलाई हिजै प्रहरी बृत्त गौशाला पुर्याइएको हो । उनीमाथि आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।

टिप्पणीहरू