वार्षिकोत्सव रोकेर विदेश,अहिले गुप्तचर प्रमुखको तीज बिशेष
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले यो वर्ष विदेश घुम्न जाने कार्यक्रम मिलाएपछि विभागको वार्षिकोत्सव नै हापिदिए । यसअघि भदौ १२ गते वर्षेनी विभागको स्थापना दिवस मनाउने चलन थियो ।
बहालरत र भूतपूर्व कर्मचारीलाई बोलाएर त्यो दिन औपचारिक कार्यक्रमपछि बिहानको खाना खुवाउने गरिएको थियो । तर थापा कोरिया गएपछि सामान्य कार्यक्रम सहित अपरेसन कमाण्डरले राति सीमित हाकिमसँग मदिरा पार्टीमा टारिदिए ।
यो वर्ष वार्षिकोत्सवको निमन्त्रणा नपाएपछि पूर्व प्रमुख तथा भूतपूर्व कर्मचारीले खिन्नता प्रकट गरेका थिए । बहालरत कर्मचारीसमेत उनीसँग बेखुश देखिए ।
तर,उनै थापाले आज कार्यालय हातामा तीज कार्यक्रम आयोजना गरेका छन् । दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सिंहदरबारको कुनो बरफबाग परिसरमा राखिएको तीज कार्यक्रममा भद्र र विशेष पोशाक लगाएर आउन भनिएको छ ।
निम्तोमा भनिएको छ, ‘महिला कर्मचारीको लागि शुभकामना आदानप्रदान एवम् दर खाने कार्यक्रम राखिएको हुँदा उपस्थितिको लागि सबै सेक्टर इञ्चार्ज साबहरुले आफू मातहतका महिला कर्मचारीहरुलाई अनिवार्य रुपमा पठाइदिनहुन अनुरोध छ ।’
शुभकामना एवम् निमन्त्रणा नोट मिती : २०८०/०५/२७ गते |
टिप्पणीहरू