झोलाभरी चरेस बोकेका महिला र पुरुष पक्राउ

झोलाभरी चरेस बोकेका महिला र पुरुष पक्राउ

अमर खत्री 

दार्चुलामा झण्डै नौ किलो चरेस बोकेका दुई जना पक्राउ परेका छन् । आज बिहान साढे ८ बजेको समयमा शैल्यशिखर नगरपालिका ९, नायलबाट एक महिला र एक पुरुषलाई प्रहरीले चरेससहित नियन्त्रणमा लिएको बताइएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका—४ भटनाकी ३५ वर्षीया भावना धामी र  ४४ वर्षिय जयबहादुर धानुक पक्राउ परेका हुन् । भावनाले बोकेको कालो झोलाबाट छ किलोग्राम र जय बहादुरले बोकेको झोलामा दुई किलो ८५० ग्राम चरेस फेला परेको हो । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज एवम् प्रहरी निरीक्षक मानसिंह ऐरीको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको चरेस बरामद भएको हो । उनीहरुले उक्त चरेश बझाङबाट लिएर आएका थिए ।

दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । चरेस बझाङबाट लिएर भारतको झुलाघाट लैजान खोजिएको बताइएको छ ।
 

टिप्पणीहरू