गाई काटेर मासु भाग लगाइरहेका तीन जना पक्राउ

गाई काटेर मासु भाग लगाइरहेका तीन जना पक्राउ
सुन्नुहोस्

गोरुको मासु खाएको विषयले धरानमा धार्मिक विवाद चर्किरहेका बेला तनहुँमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । 

शुक्लागण्डकी नगरपालिका वडा नं.६ कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीन जना गौहत्याको अभियोगमा समातिएका हुन् । नेपालीले आफ्रनै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काटेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतारबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनीहरुलाई पक्रेको जनाएको छ । 

प्रहरीका अनुसार उनीहरु गाई काट्दै गरेको अवस्थामा फेला परेका थिए । पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
 

टिप्पणीहरू