झापामा पैदल यात्रीको साथबाट खैरो हिरोइन बरामद

झापामा पैदल यात्रीको साथबाट खैरो हिरोइन बरामद
सुन्नुहोस्

झापामा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका वडा नम्बर ६ बद्री टोलका ३२ वर्षीय बसन्त राई खैरो हिरोइनसहित पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई सोही नगरपालिका–६, तुर्केनीबाट १ ग्राम ८ सय मिलिग्राम खैरो हिरोइनसहित हिजो नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनको शरीर चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू