मीटरब्याजी सुजाता पक्राउ

मीटरब्याजी सुजाता पक्राउ
सुन्नुहोस्

मीटरब्याजी सुजाता साहलाई प्रहरीले पक्राउ गरेको छ । सिरहामा मीटरब्याजीको नाममा प्रख्यात उनलाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया साहलाई ममतादेवी रायको उजुरीको आधारमा पक्राउ गरिएको हो । जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेर साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिरहामा उनलाई धेरैले लामो समयदेखि मीटरब्याजीको रुपमा चिन्दै आएका छन् ।
 

टिप्पणीहरू