एमालेतिर लागेका कमरेडमाथि समाजवादीको कारवाही

एमालेतिर लागेका कमरेडमाथि समाजवादीको कारवाही
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ । 

आज बसेको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासनको कारवाही गरेको हो । पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको र पटक–पटक सम्झाउँदा पनि नमानेपछि बाध्य भएर कारवाही गर्नुपरेको एकीकृत समाजवादीले जनाएको छ । 

सिन्धुपाल्चोकका स्थापित नेता कर्माचार्य एमालेमा फर्किने तयारीमा छन् । भोलि अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पुरानै घर फर्किने तयारीमा जुटेका उनलाई समाजवादीले त्यसअघि नै पार्टीबाट निकालेको हो ।

टिप्पणीहरू