दुई लाख घुस बुझेका लेखा अधिकृतलाई भ्रष्टाचारको मुद्दा

दुई लाख घुस बुझेका लेखा अधिकृतलाई भ्रष्टाचारको मुद्दा

मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल दुई लाख घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिका तथा वडा कार्यालयमा भएको मर्मत सम्भारको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो ।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले ढकाललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । 

अनुसन्धानको क्रममा उनले नगरपालिका र वडा कार्यालयमा विद्युतीय उपकरण एवम् सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

टिप्पणीहरू