एकीकृत समाजवादीको चाँगुनारायण अध्यक्षमा पोखरेल
नेकपा एकीकृत समाजवादीले चाँगुनारायण नगर अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले अञ्जना पोखरेलको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ । समिति उपाध्यक्षमा एलिसा धमला र रामराजा कार्की एवम् सचिवमा शिवराम दुवाल, सहसचिवमा आशा सुनुवार निर्वाचित भएका छन् ।
पार्टी उपाध्यक्ष तथा कृषि तथा पशुपंक्षीमन्त्री डा.बेदुराम भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु भवानी खड्का, जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत, भक्तपुर इञ्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य ध्रुवराज बिष्ट, प्रदेश कमिटी सदस्य दुर्गा बहादुर घिमिरे, डा. राजेन्द्र मानको उपस्थिति थियो ।
टिप्पणीहरू