रामचन्द्र राष्ट्रपतिमा निर्वाचित हुनासाथ भिआइपी सवारी कार्यविधि संशोधन

रामचन्द्र राष्ट्रपतिमा निर्वाचित हुनासाथ  भिआइपी सवारी कार्यविधि संशोधन

सरकारले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन प्रक्रिया शुरु गरेको छ । राज्यका अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सर्वसाधारणले सास्ती झेल्नुपरेको गुनासो समाधान गर्न कार्यविधि परिमार्जन गर्न लागिएको बताइएको छ ।

‘सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्नुपरेको समस्यापछि जनआक्रोश बढ्दै गएकाले कार्यविधि परिमार्जन गर्न लागिएको हो,’ गृह मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जितेन्द्र बस्नेतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको सवारीसम्बन्धी विद्यमान कार्यविधि परिमार्जनको प्रस्ताव स्वीकृतिका लागि क्याबिनेटमा पेश गर्ने तयारी गरिएको बताए ।

अस्ति निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका कारण सर्वसाधारणलाई अप्ठेरोमा नपार्न गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभएपछि कार्यविधि संशोधन तयारी गरिएको गृहको भनाइ छ । अबदेखि भिआइपी सवारीलाई राजकीय, कार्यालय,निजी, औपचारिक र अनौपचारिकमा वर्गिकरण गर्न लागिएको छ । यस्तो सवारीमा अबदेखि वैकल्पिक मार्ग प्रयोगमा ध्यान दिइने प्रवक्ताको भनाइ छ ।

टिप्पणीहरू