नेपालगञ्ज विमानस्थल नजिकै काल्पनिक विमान दुर्घटना

नेपालगञ्ज विमानस्थल नजिकै काल्पनिक विमान दुर्घटना

नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै विमान दुर्घटनालगत्तै गरिनुपर्ने उद्दारसम्बन्धी अभ्यास गरिएको छ । सोही क्रममा आज विमान दुर्घटनापछि गर्नुपर्ने उद्दार प्रतिकार्य सम्बन्धि संयुक्त अभ्यास गरिएको बताइएको छ ।

यस्तो अभ्यासमा विमानस्थलमा रहेका विभिन्न सुरक्षा निकाय, अग्नि नियन्त्रक र हवाई सुरक्षा, स्वास्थ्य, गृह र नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालय प्रतिनिधिहरुको सहभागिता हुने गरेको छ ।

यसअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पनि त्यस्तो काल्पनिक घटना र उद्दार कार्यको अभ्यास गर्दै आइएको छ । गत बिहीबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको बैठकले काठमाडौं विमानस्थलमा पनि छिट्टै सोही प्रकृतिको अभ्यास गराउने निर्णय गरेको छ ।

टिप्पणीहरू