एअर ट्राफिक भन्दै विमान नउडाएपछि विमानस्थलमा थामिनसक्नु भीड

एअर ट्राफिक भन्दै विमान नउडाएपछि विमानस्थलमा थामिनसक्नु भीड

बिहान ८ बजेदेखि उड्नुपर्ने कुनै पनि हवाई कम्पनीको विमान नउडेपछि विराटनगर विमानस्थलमा यात्रुको भीड लागेको छ । ११ बजेसम्म विमानस्थलको भित्र र बाहिर सबैतिर यात्रु खचाखच भरिएका छन् ।

‘काठमाडौं विमानस्थलमा एअर ट्राफिक’ भन्दै विमान नउडेपछि विमानस्थलमा यात्रुहरु खचाखच भएका हुन् । तर यसबीचमा काठमाडौंबाट गएका पाँच वटा विमान अवतरण भइसकेको काठमाडौं आउन लागेका एक जना यात्रुले बताएका छन् । 

‘हामीलाई प्रस्थान कक्षमा राखिएको छ ! एअर ट्राफिक भन्दै उडानको अनिश्चितता रहेको बताइन्छ,’ ती यात्रुले भने । सोही सन्दर्भमा काठमाडौं आउन लागेका यात्रु राजनविक्रम थापाले भने, ‘संरक्षण र उपभोक्ता अधिकार, सामाजिक उत्तरदायित्व ठगी खाने भाँडो भयो ! सबैतिरको बेथिति ! फेसबुकमा लेखेर नै चित्त बुझाइयो ।’

टिप्पणीहरू