सौर्य एयरलाइन्सको विमानमा समस्या, रनवे नजिकै पुगेर फिर्ता

सौर्य एयरलाइन्सको विमानमा समस्या, रनवे नजिकै पुगेर फिर्ता

काठमाडौंबाट विराटनगरतर्फ उड्न लागेको सौर्य एअरलाइन्सको विमानमा समस्या देखिएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको सौर्यको उडान नम्बर एसयु ७२३ को विमानको इण्डिकेटरले समस्या देखाएपछि रनवे नजिकै पुगेको विमान फिर्ता भएको हो ।

बिहान साढे ११ बजे उड्न ट्याक्सीवेबाट रनवेतर्फ जाँदै गरेको विमानमा समस्या देखिएको बताइन्छ । विराटनगर उड्न ठिक्क परेको उक्त विमानको प्राविधिक परीक्षण भइरहेको एअरलाइन्स स्रोतले बताएको छ ।

यात्रुलाई अर्को विमानमा राखेर १२ बजे त्यसतर्फ उडाइएको हो । विमानमा देखिएको खराबीबारे केही बताइएको छैन । उक्त विमानलाई अहिले पार्किङमा ल्याएर राखिएको छ ।

टिप्पणीहरू