विमानस्थलस्थित अध्यागमनको सर्भर तीन घण्टापछि सुचारु, यात्रुको बिचल्ली

विमानस्थलस्थित अध्यागमनको सर्भर तीन घण्टापछि सुचारु, यात्रुको बिचल्ली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागमा डाउन भएको सर्भर सवा तीन घण्टापछि सुचारु भएको छ । मध्यान्ह १२ बजेबाट भएको सर्भर डाउन दिउँसो सवा ३ बजे सुचारु भएको बताइएको छ ।

अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमनको आगमन र प्रस्थान कक्षमा रहेका सबै कम्प्युटर सर्भर डाउन भएपछि नेपाल भित्रिने र बाहिरिने यात्रु बिचल्लीमा परेका हुन् । अहिले कम्युटर खुले पनि आगमन र प्रस्थानमा रहेका यात्रुहरुको लामो लाइन र भीड देखिन्छ । 

विमानस्थलमा पछिल्लो एक महिनामा भएको सर्भर डाउन यो तेस्रो पटक हो ।
 

टिप्पणीहरू