मुख्यमन्त्रीले बहुमत नपाउने भएपछि प्रदेशसभा स्थगित, भोलि छिनोफानो

मुख्यमन्त्रीले बहुमत नपाउने भएपछि प्रदेशसभा स्थगित, भोलि छिनोफानो

सुदूरपश्चिम प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी आज दिउँसो १ बजेका लागि तोकिएको बैठक भोलिसम्म सारिएको हो । प्रदेश सरकारको आग्रहअनुसार भोलि दिउँसो १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

एमाले संसदीय दलना नेता रावल गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिने प्रदेशसभा बैठकको कार्यसूची थियो । तर, अन्तिम समयमा प्रदेशसभा सचिवालयले सूचना जारी  बैठक स्थगित गरिएको जानकारी दिएकाे हाे । 

नागरिक उन्मुक्ति पार्टीले मत दिने वा नदिने प्रष्ट नभएपछि मुख्यमन्त्री रावलले आजको बैठक रोक्न लगाएको बुझिएको छ । सात जना सांसद रहेको उन्मुक्तिबिना प्रदेशसभामा कसैको पनि बहुमत नपुग्ने अंकगणित छ । तर, उसका सातै जना सांसद काठमाडौँमा छन् । 

मुख्यमन्त्री रावलले बिहीबारसम्म विश्वासको मत पाउन नसकेमा उनी पदमुक्त हुनेछन् । त्यस्तो स्थितिमा प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताका हैसियतमा नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

टिप्पणीहरू