रविले नागरिकता लिएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी शुरु

रविले नागरिकता लिएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय,काठमाडौंबाट आज उनले पुनः नागरिकता प्राप्ति गरेका हुन् । 

अमेरिकी नागरिकता त्यागेर नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरी बसेका उनले अन्ततः नयाँ नागरिकता लिएपछि थुप्रै प्रश्न उब्जिएको छ । एक घण्टामा प्राप्त गर्न सकिने नयाँ नागरिकताका लागि किन पहिल्यै प्रक्रिया अघि बढाएनन् ? भन्दै सामाजिक सञ्जालमा चर्चा शुरु भएको छ । 

राजनीतिक विश्लेषक गोविन्द बोहोरा ‘ब्रम्हाण्ड’ ले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस विषयमा कडा टिप्पणी गरेका छन् । उनले भनेका छन्,‘निवेदन दिएको केही क्षणमै प्राप्त गर्न सकिने नागरिकता,अदालतले निर्णय नगर्दासम्म नलिनुको गुह्य ‘रहस्य’ नै मुख्य विषय हो ।’

 

उनको स्टाटसमा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेण्ट गर्दै भनेका छन्,‘कानुनको अनभिज्ञता र अहमजस्तो लाग्छ ।’ त्यस्तै,अर्कोले लेखेका छन्,‘पश्चिमाहरुको प्रतिनिधित्व गर्ने पात्र मिडियाले देवत्वकरण गरी प्रचारबाजी गरेकोले यस्तो भएको हो । त्यो व्यक्ति रहस्यमय बन्नुको कारण यही हो ।’

नेपाल आएको यत्रो वर्ष बितिसक्दा पनि लामिछानेले नागरिकता प्राप्तिका लागि प्रक्रिया नचाल्नु भनेको कानुनको धज्जी उडाउनु भएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । ‘एक घण्टाको प्रोसेसमा नजानुको कारण के ? उनले जानाजान कानुनको पालना नगरेको स्पष्ट हुन्छ’,एक विश्लेषकले भने । 

आज सिडियो कार्यालय खुल्नेबित्तिकै लामिछाने नागरिकता पुनःप्राप्तिको निवेदन लिएर पुगेका थिए । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि उनले पार्टीको सभापति,सांसद्, उपप्रधान र गृहमन्त्री पद गुमाएका छन् ।

टिप्पणीहरू