हुतराज थापा

गुप्तचर प्रमुख चीन भ्रमणमा

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख हुतराज थापा चीन गएका छन् । उनी आज मध्यान्ह काठमाडौंबाट सिचुआन प्रान्तको राजधानी छन्तु गएका हुन् ।  छ सदस्यीय टोलीको नेतृत्व गर्दै थापा एयर चाइनाको उडान नम्बर सीए ४३८ मा मध्यान्ह सवा १२ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमण दलमा थापाकी पत्नीसहित अतिरिक्त मुख्य निर्देशक ओमप्रकाश जोशी र एसपी वासु सिग्देल पनि छन् । चिनियाँ गुप्तचर कार्यालयको निम्तोमा उता गएका थापाले यसअघि अमेरिका, भारत र दक्षिण कोरियाको भ्रमण गरिसकेका छन् ।